'अफ्रिकन स्वाइन फिभर' सङ्क्रमण देखिएका ठाउँबाट बङ्गुरकाे ओसारपसार नगर्न आग्रह

 फागुन ६, २०८० आइतबार १८:४१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल पशु चिकित्सा परिषद्ले बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको ओसारपसारका लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न सम्पूर्ण दर्तावाल पशु चिकित्सकहरूलाई आग्रह गरेको छ ।

पशु सेवा विभागले नेपालको गण्डकी र बाग्मती प्रदेशका केही जिल्लाहरूमा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएकाले थप सङ्क्रमण फैलन नदिन बङ्गुर र बङ्गुरजन्य पदार्थको ओसारपसार बन्द गर्नुपर्ने परिषद्ले जनाएको छ । अफ्रिकन स्वाइन फिभर रोग द्रूत गतिमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सङ्क्रमण देखिएको ठाउँहरूबाट बङ्गुरकाे ओसारपसार नगर्न परिषद्ले आग्रह गरेको छ ।

रोग नियन्त्रणका लागि सरकारी, निजी तथा गैरसरकारी निकायमा कार्यरत सबै दर्तावाल पशु चिकित्सकहरूले तिनै तहका सरकारसँग समन्वय र सहकार्य गरी सहयोग गर्न पनि परिषद्को आग्रह छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया