मङ्गोलियामा अत्यधिक चिसोका कारण साढे ६ लाख वटाभन्दा धेरै पशु मरे

 फागुन ७, २०८० सोमबार १५:४६:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मङ्गाेलिया अत्यधिक चिसोका कारण साढे छ लाख वटाभन्दा धेरै पशु मरेका छन् । मङ्गोलियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले यो वर्षको चिसोमा अहिलेसम्म छ लाख ६७ हजार आठ सय ४१ वटा पशु मरेका जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मङ्गोलियाका २१ वटा प्रान्तमध्ये पूर्वी सुखबाटर, खेंती, डोर्नोड र डोर्नोगोवीमा जनावरहरूको मृत्युको दर सबैभन्दा बढी छ । त्यहाँ अत्यधिक चिसोका कारण जमिनसमेत जमेको छ । हजारौँ भेडा, गधा, चौरीगाईलगायतका पशु बरफ जमेजस्तै जमेका छन् । मङ्गोलियाको ८० प्रतिशत क्षेत्रमा अहिले एक सय सेन्टिमिटरसम्म हिउँ परेको छ ।

मङ्गोलियामा संसारकै सबैभन्दा धेरै घुमन्ते किसान र पशुपालक रहेका छन् । मङ्गोलियाली सरकारले पीडित घुमन्ते गोठालाहरूलाई सहयोग गर्दै २० हजार टन घाँस र चारा प्रभावित प्रान्तहरूमा पठाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या झन्डै सात करोड थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया