शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : उपकुलपति बराल

 फागुन ११, २०८० शुक्रबार ९:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । हिजो नियुक्तिपछि उहाँले शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने बताउनुभयो ।

यस्तै विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफ्नो योजना रहेको उहाँको भनाइ छ । छनोट प्रक्रियाबाट छानिएका तीनजनामध्ये दोस्रो नम्बरमा रहेका बराललाई विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।

यसअघि धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि कात्तिक १७ गतेदेखि उपकुलपति पद रिक्त थियो । त्रिविले दरखास्त आह्वान गरेपछि उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । छनोट प्रक्रिया शुरु भएपछि समितिले १४ जनाको ‘सर्टलिस्ट’ सार्वजनिक गरेको थियो । त्यसबाट पनि आइतवार उत्कृष्ट तीनजनाको नाम सिफारिस गरिएको थियो । तीन जनामध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया