भजनशिराेमणि भक्तराज आचार्यकाे निधन

 फागुन १४, २०८० सोमबार १८:१७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भजनशिराेमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यकाे आज निधन भएकाे छ । उहाँ ८२ वर्षकाे हुनुहुन्थ्याे ।

आचार्य विगत केही समयदेखि बिरामी हुनुहुन्थ्याे । आचार्यलाई उपचारका लागि ललितपुरकाे नख्खुमा रहेकाे मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । उहाँकाे शव भोलि बिहान अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

आचार्यले मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ, जति चाेट दिन्छ्याै देऊ मायालु, माया मेरी साँझ बनी जस्ता गीतहरू गाउनुभएकाे छ । साथै उहाँले थुप्रै भजन, राष्ट्रिय गीत पनि गाउनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया