तीन पटक सर्किट लागेपछि शेयर कारोबार बन्द, नेप्से १ सय १७ अङ्कले बढेर दुई हजार ७८ विन्दुमा

 फागुन २१, २०८० सोमबार १२:४५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तीन पटकसम्म सकारात्मक सर्किट लागेपछि शेयर बजारको कारोबार आजको लागि बन्द भएको छ । सत्ता गठबन्धन फेरिएको समाचारसँगै बिहान ११ बजे बजार खुलेको तीन मिनेटमै बजारमा सर्किट लागेको थियो । कारोबार शुरु भएको तीन मिनेटमै नेप्से ४ प्रतिशतले बढेर सर्किट लागेपछि २० मिनेटको लागि बन्द भएको थियो ।

दोस्रो पटक बजार खुल्दा थप एक प्रतिशतले बढेपछि कारोबार ४० मिनेटको लागि बन्द भयो । त्यसपछि खुलेको बजार थप एक प्रतिशतले बढेर समग्रमा ६ प्रतिशतले उकालो लागेसँगै आजको लागि बजार बन्द भएको हो ।

कारोबार शुरू भएको पहिलो घण्टा ४ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्छ । त्यसपछि पनि थप दुई पटक सर्किट ब्रेक लागे त्यो दिनका लागि कारोबार रोकिने नेप्सेको नियम छ ।

सर्किट लागेर बजार बन्द भएको दिन नेप्से आज १ सय १७ दशमलव ७० अङ्कले बढेर २ हजार ७८ विन्दुमा पुगेको छ । आज ९ लाख ३४ हजार कित्ता शेयर ३७ करोड ५२ लाख रुपैयाँमा कारोबार भएका छन् । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया