देश फर्कन नसकेपछि हाइटीका प्रधानमन्त्री एरियल हेनरी पोर्टो रिकोमा

 फागुन २३, २०८० बुधबार १२:२४:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – सशस्त्र समूहले जारी राखेका आक्रमण र आन्दोलनका कारण हाइटीका प्रधानमन्त्री एरियल हेनरी आफ्नो देश फर्कन नसकेपछि अमेरीकी क्षेत्र पोर्टो रिको पुग्नुभएको छ । उहाँ अमेरिकी राज्य न्यु जर्सीबाट पोर्टो रिकोको राजधानी सान जुआन पुग्नुभएको हो ।  उहाँ देशमा नहुँदा हाइटीमा हिंसा बढिरहेको बीबीसीले जनाएको छ । 

सशस्त्र समूहले प्रधानमन्त्री हेनरीलाई अवतरण गर्नबाट रोक्न अन्तर्राष्ट्रिय विमानस्थलमा कब्जा गर्न खोजिरहेका थिए ।  हाइटीमा भइरहेको समस्या समाधानमा प्रधानमन्त्री निष्क्रिय भएको सङ्केत गरेको खबरमा उल्लेख छ ।

यसका कारण हाइटी असफल राज्य बन्न सक्ने आँकलन गरिएको छ । सशस्त्र समूहले प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका हुन् । उनीहरुले देशको राजधानीको ८० प्रतिशत भूभाग कब्जा गरेको दाबी गरेका छन् ।

पहिले भएको एउटा राजनीतिक सहमति अनुसार प्रधानमन्त्री हेनरीले गएको फेब्रुअरी ७ सम्म पद छोड्नुपर्ने तथा चुनाव गर्नुपर्ने उल्लेख थियो । तर सहमतिको पालना नभएपछि विद्रोहका घटना बढेका छन् । सन् २०२० देखि नै गृहयुद्ध हुँदै आएको हैटीमा हजारौँले ज्यान गुमाइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया