थुनुवालाई समात्न खाेज्दा भीरबाट लडेर दार्चुलामा प्रहरी जवानकाे ज्यान गयाे

 फागुन २८, २०८० सोमबार १५:१८:३२ | ललित सामन्त
unn.prixa.net

दार्चुला – दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत ३० वर्षीय सोहन चौधरीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आज बिहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडि रहेको भीरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते हुनुभएकाे थियाे ।

प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर मुद्दा फाँटमा सोधपुछका क्रममा भागेका थिए । हतकडीसहित भागेका उनलाई समात्न खाेज्दा प्रहरी जवान चाैधरी भीरबाट लड्नुभएकाे थियाे । उनी प्रहरी कार्यालयको पछाडिको भागबाट हाम फालेर महाकाली नदीमा पौडी खेल्दै भारततिर पुगेका थिए । उनलाई भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।

हिरासतमा रहेका उमेशसिंह कुँवर यसअघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार रहेका थिए । उनले प्रहरीले यही फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो । उनले श्रीमती धनिशालाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगा बगरबाट प्रहरीकाे टोली घरमा पुगेकाे थियाे । घरमा पुगेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि उमेशसिंहले चक्कु प्रहार गरी घाइते बनाएका थिए । पक्राउ परेका कुँवरमाथि प्रहरीले अपहरण तथा बन्धक, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया