एक महिनामै विद्युतीय प्रणालीमार्फत ४५ खर्ब ४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

 फागुन २८, २०८० सोमबार १८:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – गएको माघ महिनामा विद्युतीय प्रणालीमार्फत ४५ खर्ब चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । माघ महिनामा १० करोड ४८ लाख ६५ हजार तीन सय ३४ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब चार अर्ब तीन करोड ९० लाख रुपैयाँको कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो कारोबार तीन महिनाअघि अर्थात् कात्तिक महिनाको भन्दा झन्डै १० खर्ब रुपैयाँले धेरै हो । माघ महिनामा सबैभन्दा धेरै अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली आरटीजीसी मार्फत २८ खर्ब २२ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै एटीएममार्फत चार खर्ब ७९ अर्ब २९ करोड १० लाख, इन्टरनेट बैंकिङमार्फत २३ अर्ब ८७ करोड २० लाख, मोबाइल बैकिङमार्फत १३ अर्ब ७८ करोड ७० लाख रुपैयाँ कारोबार भएको छ ।

यसैबीच शेयर धितोमा जाने कर्जा सात महिनामा ११ दशमलव छ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्म शेयर धितो कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ । गएको असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ प्रवाह भएको थियो ।

सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो कर्जामा थप आठ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ प्रवाह भएको हो । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर कारोबारका लागि एक व्यक्तिले अधिकतम १५ करोड तथा संस्थाले २० करोड रुपैयाँ मात्रै कर्जा लिन पाउने व्यवस्था छ । लगानीकर्ताले शेयर कर्जामा १५ र २० करोडको सीमा हटाउनुपर्ने माग गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया