चितवनको जलबिरेमा रोकिएको ट्रकमा बस ठोक्किंदा एक जनाको ज्यान गयो

 चैत ४, २०८० आइतबार ९:१४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको ज्यान गएको छ । अरु चार जना सामान्य घाइते भएका छन् ।

गएराति भएको दुर्घटनामा भारत मोतिहारीका गौरी दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

रौतहटको गौरबाट पोखराको लागि छुटेको ग १ ख ८५२४ नम्बरको बस ना ६ ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको थियो ।

घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया