जन्मभूमिमा देखिएकाे गलत प्रवृत्ति अन्त्य गर्न मोरङ–३ मा उम्मेदवारी दिएँ : रेखा थापा

 असोज २७, २०७९ बिहिबार १९:१०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभाकी उम्मेदवार अभिनेत्री रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको चुनावमा आउनुपरेकाे बताएकी छिन् । 

आज बिहीवार सुन्दरहरैँचा वडा नम्बर ११ का मतदातासँगको भेटमा थापाले समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताएकी हुन् । उनले मोरङ क्षेत्र नम्बर ३ का सबै घरपरिवार आफन्त भएको उल्लेख गर्दै उनीहरूसँग छलफल गरेर यस क्षेत्रको समस्या गर्न आफू लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । 

उनले भनिन्, ‘मेरो दायित्व यहाँका माटोसँग छ, यो क्षेत्रसँग छ । समानुपातिक भन्ने छँदै थियो । मलाई तपाईँहरूसँग भेट्नु थियो । तपाईँहरूसँग कुरा गर्नु थियो । यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घर परिवार मेरा आफन्त हुन् । मैले यहाँको रक्षा गर्नुपर्छ । गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भनेर म यहाँ आएको हुँ । मलाई जनप्रतिनिधि हुनलाई, मलाई माननीय हुनलाई ठूलो कुरा थिएन । म त्यहीँ (काठमाण्डाै) बसेर पनि हुन्थे । तर म त्यहाँ बसिरहँदा यहाँको समस्या थाहा पाउने थिइन ।’

अभिनेत्री थापाले महिलाहरू नेतृत्वमा पुगे देशको भ्रष्टाचार आफैँ समाप्त हुने दाबीसमेत गरिन् । घर चलाउन सक्षम महिलाहरू देश चलाउन पनि सक्षम रहेको उनको भनाइ थियो । कार्यक्रममा उपस्थित भएका केही युवाले अभिनेत्री थापालाई मत दिने बताएका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया